Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रदेश ५ मा एक सय ७६ जनामा कोरोना पुष्टि, देशभर सङ्क्रमित हुनेको सङ्ख्या चार सय नाघ्याे

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय नाघेको छ । मङ्गलबार पछिल्लो रिपोर्ट अनुसार उपत्यकामा पाँच जनासहित थप २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयकाे पछिल्लो रिपोर्ट अनुसार काठमाण्डौमा तीन जना, ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै झापामा नौ, कपिलवस्तुमा चार, सलार्हीमा दुई, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, लमजुङ, सिन्धुली र नवलपरासीमा एक–एक गरी जम्मा २७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश ५ मा एक सय ७६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश २ मा एक सय ३६ जना, प्रदेश १ मा ५४ जना, वाग्मती प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी प्रदेशमा चार जना र कर्णाली प्रदेशमा एक जना गरी चार सय दुई जनामा कोरोना पुष्टि भएको हो । दुई जनाको ज्यान गएको छ भने ३७ जना निको भएका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij