बाँकेको नरैनापुरमा मात्र ५९ जना काेराेना भाइरस संक्रमित : पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि
बर्दिया टुडे
जेठ ५, २०७७ सोमवार
१८:५०:३१ मा प्रकाशित
2.8K
SHARES
2.8K
SHARES
बाँकेको नरैनापुरमा मात्र ५९ जना काेराेना भाइरस संक्रमित भेटिएका छन् ।
सोमबार राति थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरमा ५९ जना काेराेना भाइरस संक्रमित भेटिएका हुन । यसअघि सोमबार दिउँसो १ महिलासहित ४७ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार क्वारेन्टाइनमा मृत्यु भएका युवक पनि नरैनापुरकै हुन् ।
स्वास्थ्य मन्त्रालयलकाे सोमबार राति १०:१५ मा प्रकाशित विज्ञप्ति अनुसार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ।
पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा पुन: परीक्षण गरिएको थियो ।
त्यसैगरि सुनसरी, खोटाङमा पनि पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार खोटाङ हेलेसीका १ पुरुष, सुनसरीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज मात्रै ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकै दिनमा देखिएको अहिलेसम्मकै बढी संक्रमित संख्या हो ।
योसहित नेपालमा कुल संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । जसमध्ये ३७ जना उपचारपछि डिस्चार्ज हुँदा २ जनाले ज्यान गुमाएका छन् ।