Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालमा सोमवार ६२ जनामा थप काेराेना सङ्क्रमण भएकाे पुष्टि, कुल सङ्क्रमित ३५७ पुगे

बाँकेमा एकैपटक ४७ जनामा थप सङ्क्रमण पुष्टि
  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    नेपालमा सोमवार ६२ जनामा काेराेना सङ्क्रमणकाे पुष्टि भएपछि कुल सङ्क्रमित सङ्ख्या ३५७ पुगेको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार अपराह्ण थप ५३ जनामा सङ्क्रमण पुष्टि गरेका हुन्।

    यसअघि सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नाै जनामा संक्रमण भएकाे पुष्टि गरेको थियो।

    डा. देवकोटाले बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलाको भेरी अस्पतालको प्रयोगशालामा, मोरङका एक जना पुरुषको विराटनगर प्रादेशिक प्रयोगशालामा, गुल्मीका एक पुरुष भैरहवाको प्रयोगशालामा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक-एक जना पुरुषको सङ्क्रमण पुष्टि भएको बताए।

    "उहाँहरू सबै जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका हुनुहुन्छ," उनले बताए।

    अब नेपालमा ३१ जिल्लाका नागरिकहरू सङ्क्रमित भएका छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij