Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विराटनगरमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ९५ पुग्याे

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । विपी कोइराला विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमण पुष्टि हुनेमा धनुकुटा निवासी ३४ वर्षीया महिला, मोरङ विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुष रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ९५ पुगेको छ । जसमध्ये ३६ जना निको हुँदा २ जनाको ज्यान गएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij