Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २ पुग्यो

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

    ३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा समस्या आएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा उनको निधन भएको पुष्टि भएको हो ।

    उनलाई कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयको भनाइ छ । ज्वरो र झाडापखाला लागेर ती युवकको आज बिहान ६ बजेर ४० मिनेटमा निधन भएको मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या २ पुगेको छ । यस अघी धुलिखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा १ जना सुत्केरी महिलाले ज्यान गुमाइसकेकी छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij