Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरोना सङक्रमितले भरिए रुपन्देहीका अस्पताल

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले सङ्क्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।

    कूल २७ श्यया रहेको अस्पतालमा पाँच आइसीयू र तीन भेन्टिलेटर श्यया रहेको छ भने बाँकी साधारण श्ययामा २१ बिरामी राखिएको अस्पतालको सूचना शाखाले जनाएको छ । आइसीयू र भेन्टिलेटरमा सामान्य अवस्थामा रहेका बिरामी राख्न नमिल्ने भएकाले थप श्ययाको आवश्यकता देखिएको छ ।

    अस्पतालमा कपिलवस्तुका पाँच, नवलपरासीका एक, रुपन्देहीका १४ र भारतका एक गरी कूल २१ छन् । तीमध्ये तीन महिला र १८ पुरुष रहेका छन् । चार वर्षदेखि ५० वर्षसम्मका कोरोना सङ्क्रमित अहिले अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए ।

    सबै बिरामी पिसिआर परीक्षणमा पोजेटिभ देखिएका हुन् । सबैको अवस्था सामान्य रहेको प्रवक्ता उपाध्यायले बताउनुभयो । सङ्क्रमित सबै भारतबाट लुकीछिपी नेपाल आएका हुन् । अस्पतालको आइसोलेसन श्यया भरिएपछि आपतकालीन अवस्थामा आएका थप सङ्क्रमित राख्ने ठाउँ नभएको अस्पताल जनाएको छ । रासस

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij