प्रदेश ५ तराईका सबै जिल्लामा कोरोना फैलियो, पहाडी जिल्ला भने अझैं सुरक्षित
बर्दिया टुडे
जेठ ३, २०७७ शनिवार
१५:३५:३६ मा प्रकाशित
2.8K
SHARES
2.8K
SHARES
शुक्रबार दाङमा कोरोना पोजेटिभ देखिएसंगै प्रदेश ५ का सबै भारतीय सिमावर्ती जिल्लामा कोरोना पुष्टि भएको छ । शुक्रबार दाङको गढवा गाउँपालिकामा २ र तुलसीपुर उप महानगरपालिकामा कोरोना देखिएसंगै प्रदेशका सबै सिमावर्ती जिल्लामा कोरोना फैलिएको हो । बाँकेबाट कोरोना देखिएकोमा अहिले आएर रुपन्देही, कपिलवस्तु, बर्दिया र नवलपरासीमा पनि कोरोना देखिएको छ ।
सबै जिल्लामा गरी प्रदेशमा कुल संक्रमितको संख्या १ सय ९ पुगेको छ । यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै कपिलवस्तुमा ४२, बाँकेमा ३३, रुपन्देहीमा २८, दाङमा ३, बर्दियामा २ जना र नवलपरासीमा एक जनामा कोरोना देखिएको छ । प्रदेशमा सबैभन्दा बढी कपिलवस्तु जिल्ला प्रभावित भएको छ । कपिलवस्तुकाे १० पालिकामध्ये ९ पालिकामा कोरोना फैलिएको छ । महाराजगञ्ज नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।
उता प्रदेशका पहाडी जिल्ला भने कोरोनाबाट अहिलेसम्म सुरक्षित रहेका छन् । पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र पूर्वी रुकुममा कोरोना संक्रमण देखिएको छैन् । कोरोनाबाट जिल्लालाई जोगाउन गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लामा आवतजावतमा कडाई गरिएको छ भने अन्य जिल्लामा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रदेश ५ सात प्रदेश मध्ये सबैभन्दा बढी कोरोना फैलिएको प्रदेश हो ।