Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

काठमाडौं वीरगन्ज, उदयपुर र दाङमा गरी थप ९ जनामा कोरोना स‌ंक्रमणकाे पुष्टि

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  • नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणका

    क्रममा थप नौजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ कोरोना पुष्टि हुनेमा पर्साको वीरगन्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा-४,५  र तुल्सीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष, काठमाडौ सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना देखिएको जनाइएको छ ।


    ADVERTISEMENT

    images

    यसअघि शुक्रबार बिहान ९ जनामा कोरोना देखिएको थियो । शुक्रबार दिनभर कोरोना संक्रमण देखिने १८ जना रहेका छन् ।हालसम्म संक्रमितको संख्या २६७ पुगेको छ । हालसम्म ३६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij