Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

७ महिनामा संसारका अग्ला १४ हिमाल आरोहण गरेर निर्मल पुर्जाले बनाए विश्व कीर्तिमान

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  • काठमाडौं। एकजना नेपाली पर्वतारोहीले ७ महिनामा विश्वभर रहेका सबै ८ हजार मटिर अग्ला हिमाल चढेर विश्वकीर्तिमान बनाएका छन्। नेपाली पर्वतारोही निर्मल पुर्जाले मंगलबार चीनको शीशापाङ हिमालको सफलता पूर्वक आरोणपछि विश्वकीर्तिमान बनाए।

    यसअघि सो कीर्तिमान पोल्यान्डका जेर्जी कुकुक्जाको नाममा थियो जसले आठ वर्ष लगाएर सन् १९८७ मा सो चुनौती पूरा गरेका थिए।


    ADVERTISEMENT

    images

    सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा उनले सगरमाथा चढ्ने अठोट गरेर आरोहीको रूपमा जीवन शुरू गरेका थिए। सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन्।

    संसारभरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् तीमध्ये।

    पुर्जाले गएको अप्रिलमा आफ्नो अभियान शुरू गरेका थिए र मेमा सगरमाथा चढेका थिए। उनले त्यहाँ खिचेको भिडको तस्बिरले संसारको ध्यान खिचेको थियो।

    उनले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गरेका थिए। उनले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका थिए।

    सेप्टेम्बरमा उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल चढ्न चिनियाँ सरकारले अनुमति नदिँदा रोकिएको थियो।

    नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij