कांग्रेसद्वारा गठित दिगो परियोजना विशेष समितिकाे संयोजकमा विनाेद चाैधरी
बर्दिया टुडे
जेठ २, २०७७ शुक्रवार
१२:४७:४३ मा प्रकाशित
1.8K
SHARES
1.8K
SHARES
नेपाली कांग्रेसले ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेको छ । उद्योगपति एवं सांसद विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय विशेष समिति गठन गरिएको हो ।
सो विशेष समितिमा दीपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीनिकट विभिन्न क्षेत्रका लगानीकर्ता र रोजगारदातालाई समेटेर समिति गठन गरेका हुन् । समितिलाई पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’लाई सुझाब दिन निर्देशन दिइएको छ ।
उक्त समितिलाई आवश्यकताअनुसार ६ जना सदस्य थप गर्न सक्ने अख्तियारी दिइएको कांग्रेसले जनाएको छ ।
समितिलाई दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोणका साथ दिगो परियोजनाको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्न जिम्मा दिइएको छ ।