बासु स्मृति यूवा क्लबको आयोजनामा सोमबार राजापुर नगरपालिका वडा नं. १ छोट्की दौलतपुरको खेल मैदानमा सम्पन्न खुला फुटबल प्रतियोगितामा आयोजक बासु स्मृति यूवा क्लबलाई हराउँदै अमर सहिद बहुमुखी क्याम्पस राजापुर बिजयी भएकोछ । निर्धारित समयमा १-१ गोलको बराबरिमा टुंगिएपछी १५ मिनेट अतिरिक्त समय दिँदा पनि कसैले गोल गर्न नसकेपछी नतिजाका लागि पेनाल्टीको साहारा लिइएको थियो । ४-३ पेनाल्टी गोलले बिजेता घोषित गरियो । प्रथम हुने अमर सहिद बहुमुखी क्याम्पसले प्रमाणपत्र सहित नगद रु. ७५५० र द्वितीय हुने बासु स्मृति यूवा क्लबले प्रमाणपत्र सहित नगद र. ५००० प्राप्त गरेकाछ्न । पुरस्कार वितरण कार्यक्रममा क्लबका अध्यक्ष अर्जुन थारु, प्रमुख अतिथि राजापुर नगरपालिका वडा नं.१ का अध्यक्ष खुशिराम थारु, विशिष्ट अतिथी राजापुर नगरपालिका वडा नं.१ का वडा सचिव उनेश थारु, ने.रा.मा.वि.का प्रधानाध्यापक श्याम बहादुर थारु, अमर सहिद बहुमुखी क्याम्पसका स्व.वि.यू. सभापती तथा टिम व्यवस्थापक दिलिप रत्गैंया लगायतले मन्तव्य राखेका थिए । बासु स्मृति यूवा क्लबको आयोजनामा कार्तिक ८ गतेबाट सुरु प्रतियोगितामा प्रदेश नं. ७ को कैलाली लगायत बर्दिया गरि जम्मा २० टिमको सहभागिता थियो ।