नेपालगञ्ज र कपिलवस्तुमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१९ पुग्यो
बर्दिया टुडे
बैशाख ३१, २०७७ बुधवार
०९:३३:५४ मा प्रकाशित
1.6K
SHARES
1.6K
SHARES
नेपालमा बुधबार दिउँसो २ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
कपिलवस्तुमा २२ वर्षीय पुरुषमा १ जनामा कोरोना संक्रमण देखिएको हो भने बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।
यसअघि धुलिखेल अस्पतालमा भएको परीक्षणमा बाँकेका १ जनामा कोरोना पुष्टि भएको थियो । उनिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।