अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै दिन नेपालमा पहिलो पटक नर्समा पनि कोरोनाको संक्रमण पुष्टि
बर्दिया टुडे
बैशाख ३०, २०७७ मंगलवार
१४:१७:०२ मा प्रकाशित
1.5K
SHARES
1.5K
SHARES
अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै दिन नेपालमा पहिलो पटक नर्समा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो ।
मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। उनका अनुसार ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन्।
अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएसँगै अस्पतालका अरु कर्मचारीहरुको परीक्षण गर्ने तयारी भएको छ।