नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्दै, थप २६ जनामा काेराेना पुष्टि, मंगलवार मात्र पुगे ८३ जना
नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय १७ पुग्याे
बर्दिया टुडे
बैशाख ३१, २०७७ बुधवार
००:०४:३९ मा प्रकाशित
1.8K
SHARES
1.8K
SHARES
नेपालमा थप २६ जनामा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ ।
यसअघि मंगलवार दिउँसाे काठमाडाैं उपत्यकाबाहिरका ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ८ पुगेकाे छ ।
मंगलबार राति भेटिएका संक्रमितमध्ये काठमाडौँका १ र भक्तपुरका २ समेत छन्।
पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित भेटिएका हुन्।
पर्साका २२ वर्षदेखि ६० वर्षसम्मका महिला, १६ वर्षदेखि ६१ वर्षसम्मका पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीका १६ र ३५ वर्षका दुई पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो। त्यस्तै काठमाडौँका ३३ वर्षीया महिला, भक्तपुरकी २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
हालसम्म उदयपुरमा ३२, पर्सामा ८२, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ, चितवन, झापा, महोत्तरी, धनुषा,सर्लाही र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी भाेजपुर, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।