Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाकी कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका कैलालीको मजगाउँका सबैको पीसीआर परीक्षण गरिने

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    कैलालीबाट बर्दिया पुगेकी ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएपछि उनी बसेको कैलालीको मजगाउँ सिल गरिएको छ।

    चैत्र ५ गते हजुरआमासँग गोदावरी नगरपालिका ८ मजगाउँ आएकी ती बालिकाको सम्पर्कमा आएका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको हो।

    गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले उनको सम्पर्कमा आएका २१ परिवारका १ सय ३० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने बताए।

    ‘स्वाव संकलनको लागि गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको टोली त्यसतर्फ गएको छ’, प्रवक्ता शर्माले भने, ‘अहिले सो क्षेत्रलाई सिल गरेर बसैलाई घर भित्र बस्न लगाएका छौँ।’

    नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवरले स्वाब संकलनका लागि टोली खटाइएको बताए।

    सोमबार कोरोना संक्रमण देखिएकी ती बालिका वैशाख १२ गते मजगाउँबाट कैलालीकै भजनी गएकी थिएन। उनी १६ गते बर्दिया गएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो। देश सञ्चार बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij