नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना थपिएसँगै संक्रमितको संख्या १ सय २ पुगेको छ।
भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
देवकोटा अनुसार कोसी अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।