Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालगन्ज निषेधित क्षेत्र घोषणा : सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत निषेध

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बाँके प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

    लकडाउनको बेला समेत सर्वसाधारणले हिँडडुल गर्न नछोडेपछि कडाईस्वरुप तीन दिनका लागि उपमहानगरको २३ वटै वडालाई निषेधित क्षेत्र घोषणा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। 

    उनले २३ वैशाखदेखि २५ वैशाखको मध्य रातसम्म लागू हुने गरी उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए।

    निषेधित क्षेत्र घोषणा भएको क्षेत्रका सर्वसाधारणलाई घरबाट बाहिर निस्कनसमेत निषेध गरिएको छ।

    कोरोना भाइरस संक्रमणको दरलाई न्यूनीकरण गर्न, संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन यस्तो गरिएको उपाध्यायको भनाइ छ। 

    ‘अतिआवश्यक कामबाहेक तीन दिनसम्म घरबाट बाहिर निस्कन पाइने छैन,’ उनले भने।

    निषेधित क्षेत्रमा हिँडडुल गरेको पाइएमा कानुनबमोजिम कारवाही हुने सहायक प्रजिअ उपाध्यायले स्पष्ट पारे। उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्रयाक्ट ट्रेसिंङ र स्वाब संकलन कार्यमा खटिने जनशक्तिबाहेक अन्य कसैलाई पनि बाहिर निस्कन अनुमति नदिइएको बताए। 

    कोरोनाको संक्रमण दरलाई घटाई सर्वसाधारणलाई कोरोनाबाट जोगाउन उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको उनको भनाइ छ। 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij