नेपालगञ्जमा थप नौजनामा संक्रमणकाे पुष्टी, कोरोना भाइरस संक्रमित ६९ पुगे
बर्दिया टुडे
बैशाख २१, २०७७ आइतवार
१२:१९:०७ मा प्रकाशित
3.0K
SHARES
3.0K
SHARES
बाँकेका थप ९ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आईतवार एकै दिन बाँकेका ९ र पर्सामा १ जना कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले आइतवार नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९ जना नेपालगञ्ज र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालगञ्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।