Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बम विस्फोटमा परेर रोल्पामा चार बालबालिकाको मृत्यु

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-७ गैरीगाउँका चार बालबालिकाको बिहीबार साँझ मृत्यु भएको हो

    मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन्।

    गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो।

    विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए। युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

    शव घटनास्थलमै छन्। चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन्। बम भेटाएर खेलाउदा विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ। बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ।

    मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ। प्रहरी घटनास्थल प्रस्थान गरिसकेको छ। विस्फोट नभएको बम समेत रहेकाले शव उठाउन सकिएको छैन्। रातभर प्रहरीले शवको सुरक्षा दिने भएको छ।

    नेपाली सेनाको डिस्पोजल टोली शुक्रबार घटनास्थल जाने छ। नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ।

    गाउँको नजिकै विस्फोटको घटना भएको हो। तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो।

    युद्धकै समयमा छाडिएको बेवारिसे बम विस्फोट भएको आशंका गरिएको छ। बम उनीहरुले कुल्चिएर पुड्किएको हो वा के कारणले भन्ने बारे अनुसन्धान भइरहेको छ।

    एकै गाउँका बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्तमा शोकमा डुबेका छन्। गाउँमा त्रास फैलिएको छ। अन्नपूर्ण पाेस्ट बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij