Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरोना भाइरसः नेपालमा सङ्क्रमितको सङ्ख्या ५२ पुग्यो

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार साँझ दिएको विवरण अनुसार झापाका एक ५० वर्षीय पुरुषमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

    यसअघि आजै पर्साको वीरगन्जका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो।

    यो सँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढेर आइतवार ५२ पुगेको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार तीन पुरुषहरूमा सङ्क्रमण देखिएको आइतवार पुष्टि भएको हो।

    झापाका सङ्क्रमित व्यक्ति अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

    त्यस्तै वीरगन्जका दुवै सङ्क्रमित व्यक्तिहरू अहिले आइसोलेशनमा रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमण पुष्टि भएर उपचारपछि १६ जना निको भई घर फर्किसकेका छन्।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij