Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गहुँकाे समर्थन मूल्य ताेकियाे, अब किसानकाे गहुँ नबिके सरकारले किन्ने

  • बर्दिया टुडे
  • 13.0K
    SHARES
  •  

    सरकारले पहिलाे पटक गहुँकाे समर्थन मूल्य ताेकेकाे छ । शुक्रबार सरकारले गहुँकाे समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको हाे ।

    शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ताेकेकाे मूल्य भन्दा बढीमा किसानले गहुँ वेच्न नसके सरकारले खरिद गर्ने गरि मूल्य ताेकेकाे छ ।

    यसअघि आर्थिक वर्ष ०७४/७५ मा पनि कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले गहुँकाे समर्थन मूल्य सिफारिस गरेकाे थियाे । तर, मन्त्रीपरिषद्सम्म पुगेकाे थिएन ।

    गत वर्ष भने मन्त्रालयले सिफारिस पनि गरेकाे थिएन । कृषिकाे सिफारिसमा वाणिज्य र अर्थले अनुमति दिएपछि मात्र मन्त्रिपरिषदबाट समर्थन मूल्य ताेक्ने प्रावधान छ । याे वर्षकाे बजेट भाषणमा पनि विभिन्न बालीमा समर्थन मूल्य ताेक्ने उल्लेख छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij