भोजपुरका एक जनामा पनि कोरोना पुष्टि : संक्रमितको संख्या ४८ पुग्यो
बर्दिया टुडे
बैशाख ११, २०७७ बिहिवार
१७:५८:२५ मा प्रकाशित
2.1K
SHARES
2.1K
SHARES
भोजपुरका एक जनामा पनि कोरोना भाइरस(कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यसअघि बिहीबार नै १४ वर्षीय बालक र ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको पुष्टि भएको थियो ।