थपिए २ संक्रमित,कोरोनाबाट संक्रमितको संख्या ४७ पुग्यो
बर्दिया टुडे
बैशाख ११, २०७७ बिहिवार
११:५४:३२ मा प्रकाशित
2.7K
SHARES
2.7K
SHARES
बिहीबार थप २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा बिहीबार ५५ वर्षीय महिला पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । जनकपुरमा १४ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको उनले बताए ।
घर फर्किएका बाहेक सबैजना उपचारका क्रममा रहेको र सबैको स्वास्थ्य स्थिति सामान्य रहेको उनले बताए ।