Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

उदयपुरमा मात्रै २२ जना कोरोना संक्रमित : नेपालमा संक्रमितको संख्या ४० पुग्यो

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    उदयपुरमा स्वाब परीक्षणबाट कोरोना भाइरसको संक्रमण आशंका गरिएका थप ८ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय स्रोतले यसको पुष्टि गरेको हो।

    विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि उनीहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप परीक्षण गरिएको थियो।

    यसअघि मंगलबार नै उदयपुरकै एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। योसँगै उदयपुरको भुल्के क्षेत्रमा मात्र कोरोना भाइरसको संक्रमण भएकाहरुको संख्या २२ पुगेको छ।

    उदयपुरका २२ जना समेत अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ। तीमध्ये ४ जना उपचारबाट ठीक भई फर्किसकेका छन्।

    गत शुक्रबार उदयपुरमा एकैपटक १२ जनामा कोभिड १९ को संक्रमण देखिएपछि प्रदेश सरकारको जनस्वास्थ्य प्रयोगशालाको टोली स्वाब परीक्षणका लागि भुल्के क्षेत्र पुगेको थियो। उदयपुरबाट २ सय ९७ जनाको स्वाब संकलन गरिएको बताइएको छ। यसमध्ये ६९ जनाको स्वाब परिक्षण विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ। सोही क्रममा सोमबार राति कोशी अस्पतालमा परीक्षण गर्ने क्रममा केहीको नतिजा संकास्पद आएको र थप परीक्षणका लागि मंगलबार धरान पठाउँदा संक्रमण पुष्टि भएको हो। अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राका अनुसार उदयपुरबाट संकलन गरिएका मध्ये केही नतिजा शंकास्पद भएकाले धरानमा पुनः परीक्षणका लागि पठाइएको थियो। देश सञ्चार बाट

     


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij