Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३० पुग्याे : स्वास्थ्य मन्त्रालय

  • बर्दिया टुडे
  • 5.1K
    SHARES
  •  

    नेपालमा आज थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

    मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक पुरुष र महिला रहेका छन्।

    उदयपुरमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवनमा २७ वर्षका पुरुष र ६३ वर्षीया महिलामा कोरोना भाइरस देखिएको हो। 

    उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअघि उदयपुरका १२ जनाको विराटनगरस्थित कोशी अस्पताल र चितवनका २ जनाको चितवनमा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको थियो।

    त्यसपछि थप परीक्षणका लागि टेकुमा पठाइएको थियो। टेकुमा परीक्षणका क्रममा पनि सबैको पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयले उनीहरुका विषयमा जानकारी सार्वजनिक गरेको हो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij