Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बैशाख १८ गतेसम्म नेपालका सबै सीमा नाका बन्द, लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषद्को निर्णय

  • बर्दिया टुडे
  • 2.8K
    SHARES
  • सरकारले १८ बैशाखसम्म नेपालका सबै सीमा नाका बन्द गर्ने निर्णय लिएको छ । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख १८ गतेसम्म उत्तर दक्षिणका सबै सीमा बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो । १० चैत २०७६ बाट मानिसका आवतजावतको लागि सबै सीमा नाका बन्द गर्ने निर्णय लिएको सरकारले १८ बैशाख २०७७ सम्मलाई निरन्तरता दिने निर्णय लिएको हो ।

    त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको छ ।

    कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ ।

    अहिलेसम्म १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये एक जना निको भएका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij