सनसिटीबाट अस्पताल लगिएका तिन जना मध्ये दुई जनामा कोरोना संक्रमणको पुष्टि
बर्दिया टुडे
बैशाख २, २०७७ मंगलवार
०८:४१:४३ मा प्रकाशित
2.5K
SHARES
2.5K
SHARES
बेलायतबाट आएर काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टमा बसेका एकै परिवारका तीनजना मध्ये दुईजनालाई कोरोना सक्रमण पुष्टि भएको छ ।
अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको हो ।
एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।
सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।