Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कैलालीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  •  

    कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । महिला लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी थिइन् ।

    नगरपालिकाका प्रमुख महादेव बजगाइँका अनुसार शुरुमा –यापिड टेस्ट गर्दा सो महिलामा कोरोना नेगेटिभ देखिएको थियो । तर,  पीसीआर मेसिनबाट थप परीक्षण गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतले पनि पीसीआर प्रविधिबाट उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ।

    उनलाई अहिले आइसोलेसनमा राख्नका लागि एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । यो सँगै कैलाली जिल्लाका चार जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij