भोलि बिहान ८ बजे राष्ट्रियगान गाउन र ताली बजाउन प्रधानमन्त्रीको अपिल
बर्दिया टुडे
चैत्र ३०, २०७६ आइतवार
१५:१३:५८ मा प्रकाशित
2.4K
SHARES
2.4K
SHARES
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (सोमबार) बिहान ८ बजे सबैले नेपालको राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले आइतबार साँझ ट्वीट गरेर यस्तो अपिल गरेका हुन्।
प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ। ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।’