नेपालमा थप ३ जनामा भेटियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या १२ पुग्यो
बर्दिया टुडे
चैत्र ३०, २०७६ आइतवार
०५:०५:३२ मा प्रकाशित
2.5K
SHARES
2.5K
SHARES
नेपालमा थप ३ जनाको कोरोना पोजेटिभ देखिएको छ । हेटौडामा परीक्षण गर्दा आशका गरिएका ३जनाको काठमाडौंको टेकु अस्पतालको ल्यापकमा परीक्षण गराउदा पुन पोजेटिभ देखिएको हो ।
‘हिजो दिउसो ११ बजेको रिपोर्ट पोजेटिभ देखिएपछि पुन गरियो, पुन पोजेटिभ देखिएको छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला श्रोतले भन्यो ।
स्वास्थ्य मन्त्रालयले केहीबेरमा पत्रकार सम्मेलन गरेर आधिकारिक जानकारी दिने भएको छ ।
वागमती प्रदेशको राजधानी हेटौंडाको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा ३ जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने निर्क्यौल गर्न नसकेपछि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
प्रयोगशालाले पुन परीक्षण भएर पोजेटिभ भएको जनाएको हो । यी तीनै जनाको स्वाब पर्साबाट ल्याइएको हो । उनीहरु तीनै जनालाई आइसुलेसनमा राखिएको छ ।
नयाँ संक्रितको विषयमा स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ ।
कोरोना पोजेटिभ देखिएका तीनैजना नागरिक मस्जिदमा बस्दै आएका थिए ।
वीरगन्ज महानगरपालिका २, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीय नागरिक भएको बताइएपनि स्वतनत्र पुष्टि हुन बाँकी छ । उनीहरुलाई शुक्रबारदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । शिलापत्र बाट