Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

उपत्यका छाड्न दिने निर्णय भएको छैन: पोखरेल

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    शुक्रबार र शनिबार काठमाडौँबाट बाहिर जाने दिने निर्णय नगरेको उच्चस्तरीय समितिले जानकारी दिएको छ।

    कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि गठित उच्चस्तरीय समन्वयन समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरुको बैठकले दुई दिन उपत्यकाबाट बाहिरिन दिने तर भित्रिन नदिने निर्णय गरेको भए पनि समितिका संयोजक पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय नभएको जानकारी गराएका हुन्।

    उपत्यकाबाट बाहिरिन दिने विषयमा छलफल भए पनि निर्णय भने नभएको एक मन्त्रीले जानकारी दिए। उनले भने, ‘यो विषयमा छलफल भएको हो। निर्णय भएको होइन। तत्काल उपत्यकाबाट बाहिर जान दिने संभावना छैन। लक डाउनको कार्यान्वयन हुन्छ।’

    समितिका संयोजक पोखरेलले एक विज्ञप्ति जारी गर्दै लकडाउनका बेलामा यस्तो निर्णय हुननसक्ने बताएका छन्।    देश सञ्चार बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij