Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

महाप्रसाद अधिकारीले पाए गर्भनरकाे जिम्मेवारी

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हाे ।

    अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

    गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए ।

    अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए। भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप निर्देशक बनेका थिए।

    हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए। डेपुटीबाट अवकाश पाएका उनी केही समयमै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका हुन्।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij