Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गभर्नरका लागि ३ जनाको नाम सिफारिस

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

    अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो ।

    अर्थन्त्रालय स्रोतका अनुसार, आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । प्रधानमन्त्रीले रुचि देखाए आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नर नियुक्त गर्नेछ ।

    सिफारिसमा परेका खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् । सिवकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् । सिवकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् ।

    अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् ।

    अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij