लकडाउन एक साता थप्ने तयारी, आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै
बर्दिया टुडे
चैत्र २४, २०७६ सोमवार
०८:२७:२७ मा प्रकाशित
2.8K
SHARES
2.8K
SHARES
सरकारले लक डाउनको समय एक साता थप्ने तयारी गरेको छ।
चैत ११ गतेदेखि जारी लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन्।
लकडाउनको समयाबधि थप लगायत आजको मन्त्रिपरिषद बैठकमा सीमा नाका बन्द गर्नेबारे छलफल हुने बताइएको छ। यसैगरी, स्वास्थ्य सामग्री खरिद गर्न जिटुजीबारे आजैको बैठकले थप निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ।