Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित

  • बर्दिया टुडे
  • 3.5K
    SHARES
  •  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।

    मन्त्रालयले विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सर्कुलरमा भनिएको छ– ‘विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामना गरिरहेको अवस्थामा योसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रमहरू बन्द रहेको र सो समयमा हालको परिस्थिति सुधार हुने अवस्थासमेत नभएकाले स्थगित गरिएको छ ।’

    स्वास्थ्य मन्त्रालयले स्थगित कार्यक्रमबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायतलाई पत्राचार गर्दै परिस्थितिमा सुधार आएपछि कार्यक्रम सञ्चालन हुने जनाएको छ ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij