नेपालमा थप १ जनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा ६ जनामा कोरोना भाइरस संक्रमण भटिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी अपडेट दिन आयोजित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन् ।
छौटौँ केसका संक्रमित पनि चैत ४ गतेको कतार हुँदै नेपाल आएका व्यक्ति रहेको उनले बताए । चैत ४ गते दोहाबाट काठमाडौं आएको विमानबाट आएका व्यक्तिमा कोरोना संक्रमित भटिएका हुन् ।
स्वास्थ मन्त्रालयका अनुसार आजसम्म ११ सय ८४ जनाको ककोरोना भाइरस संक्रमणको परीक्षण भएको छ । मन्त्रालयका अनुसार ४३ बटा परीक्षणमै रहेको र रिपोर्ट आउन बाँकी छ । धरानमा र पोखरामा पनि स्वाव परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।