Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रदेश ५ मा कोभिड–१९ नियन्त्रण तथा उपचार गर्न विशेष कोष स्थापना

  • बर्दिया टुडे
  • 2.1K
    SHARES
  •  

    प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार गर्न विशेष कोष स्थापना गरिएको छ।

    कोष सञ्चालनका लागि सामाजिक विकासमन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ।

    सदस्यहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका सचिव रहनेछन्।

    सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष सञ्चालनको निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याएपछि कोष स्थापना गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए।

    कोषमा जम्मा भएको रकम कोरोना भाइरस रोकथाम तथा उपचारको लागि आवश्यक आइसोलेसन अस्पताल स्थापना र सञ्चालनमा लाग्ने खर्चहरुको व्यवस्थापन गर्न, मानवीय क्षति नियन्त्रण र प्रकोपको कारणबाट प्रभावित व्यक्तिहरुको सहज परीक्षण तथा उपचारको व्यवस्था गर्न, उपचारमा आवश्यक पर्ने मेडिकल सामग्री औषधी उपकरणको लागि लाग्ने खर्चको प्रवन्ध गर्न खर्च गरिने उनले बताए।

    निर्देशिकामा कोरोना भाइरसको नियन्त्रण तथा उपचार गर्न प्रदेश सरकारबाट निर्णय भए बमोजिमका अन्य खर्च गर्न र कोरोना भाइरसका कारण कसैको ज्यान गुमेमा परिवारलाई दिने राहतको लागि खर्च गर्न सकिने व्यवस्था रहेको मन्त्री बरालले जानकारी दिए।

    कोष सञ्चालक समितिको बैठकले ५ सदस्यीय प्राविधिक कार्यदल पनि गठन गरेको छ।

    जसमा स्वास्थ्य निर्देशक, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव, सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख, आयुर्वेद चिकित्सक, प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका वायोमेडिकल इन्जिनियर सदस्य रहेका छन्। देश सञ्चार बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij