Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना कोषमा २ करोड दिने घोषणा : लकडाउन प्रति अनुशासित बन्न आग्रह

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै कोरोना कोषमा २ करोड रकम दिनका लागि हिमानी कोषमा बुझाइसकेको जानकारी दिएका हुन् ।

    पूर्वराजा शाहले लकडाउन बाध्यात्मक परिस्थिति भएको उल्लेख गर्दै यसप्रति अनुशासित बन्न पनि सबैसँग आग्रह गरेका छन् ।

    ‘विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौँ । देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ । मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति संवेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    यो अवस्थाबाट मुक्त हुन लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको भन्दै उनले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्न जरुरी रहेको पनि उल्लेख गरेका छन् ।

    उनले महामारीको यस क्षणमा ज्यानको पर्वाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार प्रकट गरेका छन् ।

    पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेकोमा प्रशंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउन आग्रह पनि गरेका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij