क्वारेन्टाईनकाे अवस्था बुझ्न गुलरिया नगरप्रमुख द्वारा अनुगमन
बर्दिया टुडे
चैत्र १७, २०७६ सोमवार
१५:५६:०७ मा प्रकाशित
7.9K
SHARES
7.9K
SHARES
गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले नगर क्षेत्र भित्र निर्माण गरियकाे क्वारेन्टाईनहरुकाे अवस्था बारे जानकारी लिएका छन् ।
विश्वब्यापी रूपमा फैलिएकाे काेराेना भाइरसलाई भित्रन नदिन गुलरिया नगरपालिकाको बडाहरुमा स्थापना गरिएका क्वारेन्टाईनहरुकाे स्थलगत अनुगमन गरेर अवस्था वारे जानकारी लिएका हुन् ।
क्वारेन्टाइन मा बसेका मानिसहरुको अवस्था हाल सम्म सामान्य रहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए। सबै क्वारेन्टाइनमा राम्रै व्यावस्थापन देखिएको छ र नगरपालिका भित्र रहेका क्वारेन्टाइनमा बसेका सबै जनताका लागी कुनै पनि किसिमको समस्या हुन नदिने समेत नगर प्रमुख यादवले बताए।
गुलरिया नगरपालिका भारतीय सिमा संग जोडिएकोले पनि हामी संबेदनशील हुन जरुरी रहेको र सुरक्षा निकाय संग समन्वय गरि सिमामा कडाई गरिएको समेत नगर प्रमुख यादवले जानकारी दिए।
अनुगमनका क्रममा क्वारेन्टाइनमा अत्यन्त जरुरी देखिने सामाग्रीहरु न्युन रुपमा रहेकोले माक्स र पंजा लगायतका अत्यावश्यक वस्तु व्यवस्थापनका लागि गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।