Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

माइती नेपालको सामाजिक परीक्षण बर्दियामा सम्पन्न, २८२ जनाको उद्धार

  • 574
    SHARES
  •  

    मानव बेचबिखन तथा महिला हिंसाविरुद्ध लामो समयदेखि सक्रिय माइती नेपालले बर्दियाको गुलरियामा सरोकारवालामाझ सामाजिक परीक्षण सम्पन्न गरेको छ। संस्थाले आर्थिक वर्ष २०८१/८२ मा गरेका उद्धार, संरक्षण र चेतनामूलक गतिविधिहरू सार्वजनिक गर्दै एक वर्षमा २८२ जनाको उद्धार गरिएको तथ्याङ्क प्रस्तुत गरेको हो।


    ADVERTISEMENT

    images

    माइती नेपाल बर्दियाकी संयोजक गायत्री रीमालका अनुसार सीमा क्षेत्रमा उद्धार गरिएकामध्ये ३०४ जनालाई संरक्षण सेवामा राखिएको छ भने भारतबाट २ जनालाई सुरक्षित रूपमा नेपाल ल्याइएको छ। उनले मानव बेचबिखनसम्बन्धी ३ मुद्दा दर्ता भई कार्यान्वयनमा रहेको जानकारी दिइन्।

    रीमालले प्रस्तुत गरेको तथ्याङ्कअनुसार,

    ‎जबर्जस्ती करणीसम्बन्धी २० मुद्दामा कानुनी सहयोग उपलब्ध गराइएको छ।

    २० वटा घटनामा संरक्षणसहित कानुनी सेवा दिइएको छ।

    घरेलु हिंसाका ४६ निवेदनमध्ये ४५ मा समाधान भएको छ।

    हराएको उजुरी दिएका ५९ जनामध्ये ११ जना फेला परेका छन्।

    सीमा क्षेत्रमा ८२ जनालाई परामर्श दिई घर पठाइएको छ।

    Untitled design (2).jpg
    undefined

    मानव बेचबिखन तथा सुरक्षित बसाइँ–सराइसम्बन्धी जनचेतनामूलक कार्यक्रममार्फत १९ हजार ७२५ जनालाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जानकारी प्रदान गरिएको छ।

    उनका अनुसार माइती नेपालले महिलामाथि हुने घरेलु हिंसा, बाल श्रम, यौन शोषण, लैङ्गिक हिंसा तथा अन्य शोषणविरुद्ध निरन्तर काम गर्दै आएको छ। हाल संस्था गुलरिया नगरपालिका–सुरजपुर, बढैयाताल गाउँपालिका–बलैगाउँ र मधुवन नगरपालिका–शक्तिपुर गरी तीन सिमावर्ती क्षेत्रमा विट स्थापना गरी सक्रिय रहेको छ।

    Untitled design (3).jpg
    undefined

    कार्यक्रममा सहभागी सरोकारवालाले सीमा क्षेत्रमा अझै विट स्थापना हुन बाँकी स्थानमा नयाँ विट खोल्नुपर्ने आवश्यकता औंल्याए। साथै लागुऔषध नियन्त्रण, महिला हिंसा न्यूनीकरण तथा जनचेतनामूलक अभियानलाई अझ व्यापक बनाउनुपर्ने सुझावसमेत राखे।

    सामाजिक परीक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख सरोज पौडेल, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। सहभागीहरूले जिल्लामा माइती नेपालले गरिरहेको उद्धार प्रयास र सामाजिक सक्रियतालाई प्रशंसा गरेका छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij