Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वीर र पाटनमा मृत्यु हुने तीनजनाकाे टेकुमा परीक्षण हुँदै, रिपोर्ट आउन बाँकी

  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  •  

    राजधानीको वीर अस्पताल र पाटन अस्पताल कोरोना भाइरसको संक्रमण परीक्षणका लागि पठाइएका तीनजनाको मृत्यु भएको छ ।

    वीर अस्पतालमा दुईजना र पाटन अस्पतालमा एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार जानकारी दिए।

    वीर अस्पतालमा करिब ५० वर्षीय एक पुरुष र एक युवती तथा पाटन अस्पतालमा एक जना २६ वर्षीय युवकको मृत्यु भएकाे हाे।

    उनीहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको भने पुष्टि भएको छैन।  प्रवक्ता डा. देवकोटाले तीनैजनाको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिए।

    स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा देवकोटाले दिएको जानकारीअनुसार ती तीनैजनाको नमूना संकलन गरी टेकुस्थित प्रयोगशालामा परीक्षणका लागि पठाइए पनि रिपोर्ट भने आइसकेको छैन। देश सञ्चारबाट

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij