Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वीर अस्पतालको आइसोलेसनमा उपचाररत काठमाडौंकी १ युवतीको मृत्यु

  • बर्दिया टुडे
  • 8.0K
    SHARES
  •  

    कोरोना आशंकामा वीर अस्पतालको आइसोलसन कक्षमा उपचाररत काठमाडौंकी १ युवतीको मृत्यु भएको छ ।

    अस्पतालका अनुसार अधिक ज्वरो आएपछि उनलाई भर्ना गरेर राखिएको थियो ।

    चन्द्रागिरी नगरपालिका–१५, तिनथानाकी ३८ वर्षीया युवतीको निधन भएको अस्पतालले जनाएको छ ।

    ज्वरो आएपछि १ साताअघि उनी सतुंगलस्थित ओम समाज अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । अस्पतालले वीरमा रिफर गरेपछि उनी वीर अस्पताल पुगेकी थिइन् ।

    वीरमा उपचारका क्रममा निधन भए पनि उनको कोरोना पुष्टि भने भइनसकेको अस्पतालले जनाएको छ । शिलापत्र

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij