Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    सरकारले चैतमा बैंकलाई बुझाउनुपर्ने मासिक वा त्रैमासिक किस्ता बुझाउन नसक्नेलाई २०७७ असार मसान्तसम्मको सीमा अवधि दिएको छ।

    असार मसान्तसम्म किस्ता बुझाउँदा बैंकले थप कुनै शुल्क वा ब्याज लिन नपाउने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशनमा बताइएको छ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसले सबै व्यवसायमा असर परेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो।
    चैत मसान्तमै बुझाउनेले भने मासिक वा त्रैमासिक किस्तामा जोडिने ब्याजमा १० प्रतिशत छुट पाउने छन्।

    त्यस्तै राष्ट्र बैंकको पुनर्कर्जा कोषको आकार ६० अर्ब बनाइएको छ। उत्पादनमुलक उद्योगी व्यसायीलाई सहुलियत व्याजमा यो कोषबाट ऋण लिन पाउने व्यवस्था छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij