लकडाउन चैत २५ सम्म जारी रहने मन्त्रिपरिषद्काे निर्णय
बर्दिया टुडे
चैत्र १६, २०७६ आइतवार
१४:५७:०५ मा प्रकाशित
2.1K
SHARES
2.1K
SHARES
आइतबार (१६ चैत) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जारी लकडाउन थप आठ दिन लम्ब्याउने निर्णय गरेको छ । सरकारले पहिलो पटक गत ११ गते १८ चैतसम्मका लागि लकडाउन आदेश जारी गरेको थियो । आठ दिन थपिने निर्णयपछि अब यही चैत २५ गते बुधबार मध्यरातसम्मसम्म मुलुक लकडाउनकै अवस्थामा रहने छ ।
आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लक डाउनको अवधि कम्तीमा सात दिन लम्ब्याउनु पर्ने सिफारिस गरेको थियो ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि लकडाउनको आदेश पालना गरी आफू बच्न र अरुलाई बचाउन सरकारले पटक पटक आग्रह गर्दै आएको छ ।