Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रदेश ५ मा १ सय ९० स्थानमा क्वारेन्टाइन, ५२ जनाको स्वाव संकलन

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    विदेशबाट आएका मानिसहरूलाई १४ दिनसम्म छुट्टै राख्नका लागि प्रदेश ५ मा १ सय ९० स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । यी क्वारेन्टाइनमा एकै पटक २ हजार ३ सय जनालाई राख्न सकिनेछ ।

    तर, अहिले जम्मा ५ सय जनाभन्दा बढीलाई मात्र क्वारेन्टाइनमा राखेर निगरानी गरिएको छ । भारतबाट प्रदेश ५ मा हजारौँ भित्रिए पनि उनीहरू सरकारी तवरबाट निर्मित भएका क्वारेन्टाइनमा बसेका छैनन् ।

    सरकारले बाहिरबाट आउने नेपालीलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरे पनि सबैले यो आग्रहलाई स्वीकार गरेका छैनन् । जसका कारण भारतसहित विभिन्न देशबाट आएकाहरू खुलेआम गाउँघरमा पुग्दा जोखिम निम्तिएको छ ।

    प्रदेश प्रहरी प्रमुख नरबहादुर केसीले भारतको हेल्प डेस्कअनुसार २ लाखभन्दा बढी सीमाबाट नेपाल छिरे पनि जम्मा ५ सय मात्र क्वारेन्टाइनमा बसेको जानकारी दिए ।

    ‘ठूलो संख्यामा मानिसहरू गाउँ पुगेका छन् । स्वास्थ्य चेकजाँच राम्रोसँग भएको छैन, उनीहरूबाट जोखिम हुन सक्छ । त्यसैले बाहिरबाट आउनेहरू स्वतः १४ दिन होम क्वारेन्टाइनमा बस्नुहोला,’ उनले भने ।

    प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नवलपरासीमा १४, पाल्पामा २३, अर्घाखाँचीमा ३४, प्युठानमा १६, बर्दियामा १९ र कपिलवस्तुमा १६ स्थानमा क्वारेन्टाइन बनाइएको छ ।

    त्यस्तै, गुल्मीमा २६, बाँकेमा ८, दाङमा १६, रोल्पामा १ तथा रुकुम पूर्वमा २ स्थानमा क्वारेन्टाइन तयार भएका छन् । रुपन्देहीमा मात्रै १६ वटा स्थानीय तहमा ३ सय ५४ शय्याको क्वारन्टाइन बनाइएको छ ।
    ५२ जनाको स्वाव संकलन

    हालसम्म कोरोना भाइरसको आशंकामा प्रदेश ५ मा ५२ जनाको स्वाव संकलन गरिएको छ । प्रदेश ५ का स्वास्थ्य निर्देशक डा.विनोद गिरीका अनुसार अहिलेसम्म प्रदेश ५ मा ७७ जना कोभिड–१९ को संक्रमणको आशंकामा अस्पताल पुगेको र त्यसमध्ये ५२ जनाको स्वाब संकलन गरिएको छ ।

    त्यसमध्ये २५ जनाको नेगेटिभ रिपोर्ट आएको र अझै २७ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए । शिलापत्र

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij