Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोभिड १९ को लक्षण देखिएका युवकको बुटवलमा मृत्यु :परीक्षणका लागि पठाइएको थियो ‘थ्रोट स्वाब’ नमूना

  • बर्दिया टुडे
  • 4.1K
    SHARES
  •  

    कोरोना भाइरस (कोभिड–१९)को संक्रण भएको आशंकामा कोरोना विशेष अस्पताल बुटबलमा भर्ना भएका एक जना युवकको आइतबार बिहान मृत्यु भएको छ।

    लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार उनी बिहीबार अस्पताल भर्ना भएका थिए।

    चैत ८ गते दुबईबाट नेपाल आएका उनको ‘थ्रोट स्वाब’को नमूना परीक्षाका लागि आइतबार बिहान मात्रै काठमाडौँ पठाइएको छ। उनको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको केहीबेरमै उनको मृत्यु भएको हो।

    रुपन्देही सैनामैना नगरपालिकाका ती युवक दुबईमा ट्याक्सी चलाउँथे।

    ज्वरो, श्वासप्रश्वासमा समस्या, घाँटी दुख्नेलगायत समस्या देखिएपछि उनी बिहीबार अस्पताल भर्ना भएका थिए। यद्यपि अस्पतालले चार दिनपछिमात्र उनको नमूना परीक्षणका लागि टेकु पठाएको छ। देश सञ्चार

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij