Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालमा पाँचौ व्यक्ति कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि

  • बर्दिया टुडे
  • 4.1K
    SHARES
  • नेपालमा पाँचौ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी सरकारले दिएको छ।

    बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट १७ मार्च अर्थात् चैत ४ गते नेपाल आएकी उनी १९ वर्षीय महिला भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फेसबुक लाइभ मार्फत दिएका छन्।

    उनी काठमाण्डू बाहिरकी रहेकी र चिकित्सकको सम्पर्कमा आएर उपचाररत रहेकी पनि उनले बताए।

    नेपालमा पहिलो सङ्क्रमित व्यक्ति कोरोनाभाइरसको सङक्रमण सुरु भएको स्थान भनिँदै आएको वुहानबाट हिउँदे बिदामा नेपाल आएका नेपाली विद्यार्थी थिए।

    उनी उपचार गरेर निको भइसकेका छ्न।

    दोस्रो सङ्क्रमण फ्रान्समा अध्ययनरत भनिएकी र कतार एअरवेजबाट नेपाल आएकी १९ वर्षीय महिलामा फेला परेको थियो।

    उनीसँग जहाजमा सँगै यात्रा गरेका करिब ८० जनालाई खोजेर क्वारन्टीनमा जान र एक्लिएर बस्न भनिएको छ।

    तेस्रो सङ्क्रमित व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष रहेको बताइएको थियो।

    चौथो व्यक्ति पनि विदेशबाट आएका व्यक्ति थिए।

    शनिवार ती चौथो व्यक्तिका उडानको विस्तृत विवरण प्राप्त भएको देवकोटाले बताए।

    उनका अनुसार "सङ्क्रमित चौथो व्यक्ति २० मार्चमा भिस्टारा एअरबाट दिल्लीबाट नेपाल आइपुगेका थिए। यूके १५५ फ्लाइट नम्बर हो। दिल्लीमा दुबईबाट इमिरेट्सको उडानबाट आएका हुन्। र उनी धनगढीमा उपचाररत छन्।"

    पाँचौमा बेल्जियमबाट कतार हुँदै आएकी महिला परेकी छन्।

    अहिलेसम्म सङ्क्रमण पुष्टि भएका जति सबै बाहिरबाट आएकाहरू परेको प्रवक्ता देवकोटाले बताए। विविसी

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij