Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई अन्तिमपटक छिर्न दिइने

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    सरकारले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई अन्तिम पटक भित्रन दिने निर्णय गरेको छ ।


    ADVERTISEMENT

    images

    मंगलबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १२ औं बैठकले त्यस्ता अलपत्र परेका नेपालीलाई नागकिता वा परिचय खुल्ने अन्य कागजातका आधारमा छिर्न दिइने निर्णय गरेको हो ।

    पूर्वसूचना नपाएकाले ती नेपालीहरू स्वदेश फर्कन हतारिएका र नाका बन्द भएपछि अलपत्र परेकाले अन्तिम पटक भित्र्याउने निर्णय भएको समितिका सदस्य तथा सरकारका प्रवक्ता, अर्थ, सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

    नेपाल भित्रिएका नेपाली १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, बसे नबसेको सम्बन्धित प्रदेश सरकारले अनुगमन गर्ने खतिवडाको भनाइ छ । प्रदेश र स्थानीय सरकारको समन्वयमा ती काम हुने खतिवडाको भनाइ छ ।

    त्यस्तै आजको बैठकले लकडाउन सफल बनाउन भूमिका खेल्ने नागरिकप्रति धन्यवाद व्यक्त गरेको छ । लकडाउन (बन्दाबन्दी) प्रभावकारी बनाउने सुरक्षा निकायले खेलेको भूमिकाको पनि समीक्षा भएको खतिवडाको भनाइ छ । बाह्रखरी बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij