Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मंगलबारदेखि देशभर ‘लकडाउन’ गर्ने सरकारको निर्णय (निर्णय सहित)

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    सरकारले मंगलबारबाट देशभर पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।


    ADVERTISEMENT

    images

    कोरोना रोकथाम तथा संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठक यस्तो निर्णय गरेको हो ।

    मंगलबार विहानबाट ६ बजेदेखि एक साताका लागि घरबाट बाहिर निस्कन पाइने छैन भने हवाईसेवा, सवारी साधनपनि पूर्णरुपमा बन्द हुने भएका  छन् ।

    सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत पूर्ण रुपमा रोकिने भएको छ ।

    लकडाउन मंगलबार विहान ६ बजेदेखि चैत्र १८ गते बिहान ६ बजेसम्म हुने छ ।

    लकडाउनमा औषधि उपचार, खाद्यबस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै व्यक्ति घरबाहिर निस्किन नपाइने सरकारले निर्देशन दिएको  छ ।

    त्यसकासाथै लकडाउनको निर्णयमा भनिएको छ – ‘स्वास्थ्य, सूचना, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसंचार, सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, जस्ता अति आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरि अन्य कर्मचारीहरुलाई आवश्यक परेको बेलामा उपस्थित हुनेगरी अन्य कर्मचारीलाई बिदा दिने’ उल्लेख गरिएको छ ।

    निर्णयहरु

    १. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

    २. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

    ३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

    ४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

    ५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

    ६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

    ७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा -२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

    ८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij