नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन्। सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन्।
फ्रान्सबाट काठमाडौं फर्किएकी नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले आइतवार जनस्वास्थ्य प्रयोशालामा नमूना परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताए।
यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।